दफा २८
आदेश वा निर्देशन दिन सक्ने
नेपाल सरकारले कोषले गरेको कामकारबाहीको आवश्यक जाँचबुझ गरी वा आवश्यक ठानेका बखत कोषको उद्देश्यअनुरुप कामकारबाही गर्नको लागि कोषलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ । त्यसरी नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।